भर्खरै नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणमा भएका राष्ट्रघाति कदमहरुको घोर भर्षना गर्दछौ । पंचशिलको आधारमा नेपालले अपनाउदै आएको असंलग्न परराष्ट्र नीति बिपरित भारतले भने बमोजिम नेपालको बैदेशिक नीति संचालन गर्ने, भारतलाई नेपालको संविधानको ब्याख्या र स्पष्टिकरण दिएर नेपालको आन्तरिक मामिलामा भारतलाई साझेदार बनाउने, राष्ट्रसंघमा स्थायी सदस्यको लागि भारतलाई समर्थन गर्ने, राष्ट्रहित बिपरित भएका असमान सन्धी संझौताहरु माथिल्लो कर्णाली, पंचेश्वर, अरुण तेश्रो, बिप्पा र १९५० लगायतका बिगतमा भारतसंग भएका सम्पूर्ण सन्धिसंझौता खारेज गरेर नेपालको हितलाई सर्बोपरि ध्यानमा राखेर नयाँ सम्झौता गर्नु पर्नेमा पुरानो सन्धि संझौतालाई कार्यान्वयनमा लैजाने प्रचण्ड , मोदी सामूहिक बिज्ञप्तिको घोर आपत्ति र बिरोध गर्दै यस राष्ट्रघाती कदमको हाम्रो लिम्बुवान समाज खेद प्रकट गर्दछ ।
बिष्णु लिम्बु
अध्यक्ष
संघीय लिम्बुवान समाज, बेल्जियम
No comments:
Post a Comment