Thursday, December 8, 2016

वैद्यका प्राध्यापक नेता डा. ज्ञवालीसहितको समुह विप्लव माओवादीमा

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका प्राध्यापकहरु विप्लव नेतृत्वको माओवादी प्राध्यापक
संघसँगको ध्रुवीकरणमा सहभागी भएका छन् ।

वैद्य माओवादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु क्रान्तिकारी ध्रुवीकरणमा सहभागी भएका हुन् ।

विहीबार विप्लव माओवादी नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष मोहन खतिवडा र वैद्य माओवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द ज्ञवालीले संयुक्त विज्ञेप्ती जारी गरेर क्रान्तिकारी ध्रुवीकरण निरन्तर जारी रहेको बताएका छन् ।


‘दश वर्षे जनयुद्धको विर्सजनपछि विभाजित नेकपा (माओवादी) को मूलधारका रुपमा स्थापित महासचिव कमरेड विप्लवको नेतृत्वमा क्रियाशिल वर्तमान नेकपा (माओवादी) पार्टीमा क्रमशः क्रान्तिप्रति पूर्ण आस्थावान क्रान्तिकारीहरुको ध्रुवीकरण प्रक्रिया निरन्तर जारी छ ।’ संयुक्त विज्ञेप्तीमा भनिएको छ-‘क्रान्तिप्रति आस्थावान सबै प्राध्यापक, शिक्षक तथा प्राज्ञिक समुदायप्रति ध्रुवीकरणको यस प्रक्रियामा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा अहिले देशभरि क्रान्तिकारी ध्रुवीकरण चलिरहेको छ । त्यही सिलसिलाअन्तर्गत प्रचण्ड र वैद्य माओवादीबाट धेरै माओवादीहरु क्रान्तिकारी ध्रुवीकरणमा सहभागी भएका छन् । -जनपाटी डट कम

No comments:

Post a Comment