दिनुपर्यो भने नछुट्ने नाम हो, राम बहादुर गुरुङ । राजनितिमा उर्वर भूमी चितवनमा हुर्किएका उनी विधार्थी काल देखी नै सकृयतापूर्वक लागे । तर तर उनी अहिले चितवनको तातो राजनितिक भूमरिभित्र त छैनन्, बेल्जियममा छन् । तरपनि उनलाई राजनितिको तातोले भने जहाँ गएपनि छोड्दैन । त्यसैले गुरुङ बेल्जियममा मात्रै सिमित छैनन । पार्टी भूमिगत रहेको कठिन अवस्थामा पनि बेल्जियमका सडकमा हरेक दिन जसो संगठन विस्तारको लागि काँधमा दस्ताबेजका फाइल बोकेर कुदिरहने ब्यक्ती उनै हुन् भनेरपनि चिनिन्छन् । उनकै सशक्त प्रयासले नेपाली जनप्रगतिशील मन्च, बेल्जियमको स्थापना भएको थियो भन्छन् कम्तिमा बेल्जियमका वामपन्थीहरु । मन्चको पहिलो महासचिव पनि उनै बने । हाल मन्चको सल्लाहकार छन । उनी नेपालमा संघिय शासनको राप तात्दै जाँदा अहिले जनजाति सरोकार मन्च, यूरोपका अध्यक्ष बनेका छन् ।
Progressive Front
Thursday, December 8, 2016
प्रचण्डले जे नगर्नुपर्ने त्यहि गदै हिँडेका छन् -राम बहादुर गुरुङ
दिनुपर्यो भने नछुट्ने नाम हो, राम बहादुर गुरुङ । राजनितिमा उर्वर भूमी चितवनमा हुर्किएका उनी विधार्थी काल देखी नै सकृयतापूर्वक लागे । तर तर उनी अहिले चितवनको तातो राजनितिक भूमरिभित्र त छैनन्, बेल्जियममा छन् । तरपनि उनलाई राजनितिको तातोले भने जहाँ गएपनि छोड्दैन । त्यसैले गुरुङ बेल्जियममा मात्रै सिमित छैनन । पार्टी भूमिगत रहेको कठिन अवस्थामा पनि बेल्जियमका सडकमा हरेक दिन जसो संगठन विस्तारको लागि काँधमा दस्ताबेजका फाइल बोकेर कुदिरहने ब्यक्ती उनै हुन् भनेरपनि चिनिन्छन् । उनकै सशक्त प्रयासले नेपाली जनप्रगतिशील मन्च, बेल्जियमको स्थापना भएको थियो भन्छन् कम्तिमा बेल्जियमका वामपन्थीहरु । मन्चको पहिलो महासचिव पनि उनै बने । हाल मन्चको सल्लाहकार छन । उनी नेपालमा संघिय शासनको राप तात्दै जाँदा अहिले जनजाति सरोकार मन्च, यूरोपका अध्यक्ष बनेका छन् ।
वैद्यका प्राध्यापक नेता डा. ज्ञवालीसहितको समुह विप्लव माओवादीमा

संघसँगको ध्रुवीकरणमा सहभागी भएका छन् ।
वैद्य माओवादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु क्रान्तिकारी ध्रुवीकरणमा सहभागी भएका हुन् ।
विहीबार विप्लव माओवादी नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष मोहन खतिवडा र वैद्य माओवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द ज्ञवालीले संयुक्त विज्ञेप्ती जारी गरेर क्रान्तिकारी ध्रुवीकरण निरन्तर जारी रहेको बताएका छन् ।
महाधिवेशनको तयारीको लागि मलेसियामा प्रवासीहरुकाे बैठक
१३ मंसिर, क्वालालम्पुर
नेकपा (माओवादी)को आगामी फागुन १ गतेबाट सुरु हुन लागेको महाधिवेशनको तयारीको लागि मलेसियास्थित जन प्रगतिशील मोर्चाले बैठक आह्वान गरेकाे छ ।
पार्टीकाे प्रवासी मोर्चाको बैठक आउँदो डिसेम्बर ११ मा राजधानी क्वालालम्पुरको के.एलमा बस्ने भएको छ । महासचिव टिकाराम ओलीले एक सूचना जारी गरी बैठकमा सहभागी हुन मोर्चाका सम्बन्धीत सदस्यहरुलाई आह्वान गरेका छन् ।

भारत भ्रमणमा प्रचण्ड र मोदीको सामूहिक विज्ञप्ती विरुद्ध संघीय लिम्बुवान समाज बेल्जियमको विरोध
भर्खरै नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणमा भएका राष्ट्रघाति कदमहरुको घोर भर्षना गर्दछौ । पंचशिलको आधारमा नेपालले अपनाउदै आएको असंलग्न परराष्ट्र नीति बिपरित भारतले भने बमोजिम नेपालको बैदेशिक नीति संचालन गर्ने, भारतलाई नेपालको संविधानको ब्याख्या र स्पष्टिकरण दिएर नेपालको आन्तरिक मामिलामा भारतलाई साझेदार बनाउने, राष्ट्रसंघमा स्थायी सदस्यको लागि भारतलाई समर्थन गर्ने, राष्ट्रहित बिपरित भएका असमान सन्धी संझौताहरु माथिल्लो कर्णाली, पंचेश्वर, अरुण तेश्रो, बिप्पा र १९५० लगायतका बिगतमा भारतसंग भएका सम्पूर्ण सन्धिसंझौता खारेज गरेर नेपालको हितलाई सर्बोपरि ध्यानमा राखेर नयाँ सम्झौता गर्नु पर्नेमा पुरानो सन्धि संझौतालाई कार्यान्वयनमा लैजाने प्रचण्ड , मोदी सामूहिक बिज्ञप्तिको घोर आपत्ति र बिरोध गर्दै यस राष्ट्रघाती कदमको हाम्रो लिम्बुवान समाज खेद प्रकट गर्दछ ।
बिष्णु लिम्बु
अध्यक्ष
संघीय लिम्बुवान समाज, बेल्जियम
उपचाररत बिक्रम पौडेललाई साउदीबाट आर्थिक सहयोग
गत भदौ २१ गते गोदावरी बस दुर्घटनामा परि गम्भीर घाइते भएका हिसल नुवाकोट गाबिस ८ चाउथे नुवाकोट निवासी बिक्रम पौडेलको दम्पतीको उपचारका लागि परिवारको आर्थिक अबस्थाले धान्न नसके पछी विश्वभरका साथीभाइ तथा शुभचिन्तकहरुमा सहयोगको लागि हार्दिक अपिल गरिएको थियो। सोही अपिललाइ आत्मसात गर्दै साउदी अरबको रियाद क्षेत्रमा शितल बुढा प्युठानी, प्रबिन क्षेत्री र मोहन सारुको विशेष पहलमा बिक्रम पौडेल सहयोग अभियानको पहलमा आर्थिक सङ्कलन गरिएको थियो। उक्त सहयोग रकम बिगत साउदीमा कार्यरत मित्र रोशन लामा मार्फत पीडित बिक्रम पौडेललाई हस्तान्तरण गरिएको छ । सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण साथी र शुभचिन्तकहरुलाई पीडित बिक्रम पौडेलले हार्दिक धन्यवादका साथै आभार ब्यक्त गरेका थिए ।
घाइतेको उपचारका लागि जनप्रगतिशील मोर्चाद्वारा संकलित रकम हस्तान्तरण
६ नोभेम्वर २०१५ ,

दुर्घटनाको कारण नुवाकोट गाबिस ८ चाउथे निवासी विक्रम पौडेल र वहांकी श्रीमती दुबैको शरीर करिब क्षतविक्षत भएको थियो । वहांहरुको शरिरका विभिन्न भागहरु भंचिएकाले स्वास्थ्यमा सुधार भैहाले पनि शारीरिक असक्तको रुपमा रहनु पर्ने, उपचार खर्च पनि आफुले धान्न नसक्ने अवस्थाको जानाकारी पाएपछि मोर्चाले सहयोग गर्ने निर्णय गरेको थियो । गत भदौ २१ गते दुर्घटनामा पर्नु भएका घाइतेहरु हाल शिव ज्योति अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
Subscribe to:
Posts (Atom)